काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनमा धनिराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
पार्टी प्रवक्ता शरदसिंह यादवले चौधरीलाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।
नागरिक उन्मुक्ति पार्टीका नेता चौधरी भदौ १८ गते मात्रै जनमतमा प्रवेश गरेका थिए । उनी २०७९ को प्रतिनिधि सभा चुनावमा नाउपाबाट रुपन्देही क्षेत्र नम्बर १ मा उम्मेदवार बनेपनि पराजित भएका थिए ।
एमाले उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भएका उनले त्यसबेला चौथो धेरै मत प्राप्त गरेका थिए।
रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया