नेपाल र बंगलादेशबिच मैत्रीपूर्ण फुटबल खेल हुने

लोकपथ
336
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बंगलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबिच मैत्रीपूर्ण खेल हुने भएको छ । 

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको हो ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिए । उनका अनुसार बंगलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ ।

बंगलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रंगशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ । 

उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ एक हजार र साधारण प्याराफिटर्फ पाँच सय टिकट दर निर्धारण गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?