विद्यालयको कार्यकक्षमै प्रधानाध्यापकद्वारा छात्रामाथि बलात्कार, उजुरीपछि पक्राउ

लोकपथ
11.6k
Shares

उदयपुर । उदयपुरमा विद्यालयका प्रधानान्यापकले आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई विद्यालय हाताभित्रै नै जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

बेलका नगरपालिका–२ शिवालय टोल घर भएका ४७ वर्षीय प्रिन्सिपल युवराज श्रेष्ठले १४ वर्षीया छात्रामाथि करणी गरेको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ । 

बेलका नगरपालिका–२ कन्चनजंगास्थित हिमशिखर सामुदायिक इङ्लिस बोर्डिङकी ती छात्रामाथि जबरजस्ती करणीको आरोपमा प्रधानाध्यापक श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए । 

प्रहरीका अनुसार (प्रिन्सिपल) प्रधानाध्यापक युवराज श्रेष्ठले भदौ १४ गते बिहान करिब १० बजेर ४५ मिनेटमा आफ्नै कार्यालय कोठामा छात्रामाथि बलात्कार गरेको भन्दै पीडितकी भाउजुले भदौ १५ गते साँझ ६ बजे इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा लिखित उजुरी दिएकी थिइन् ।

उजुरी दर्ता भएलगत्तै श्रेष्ठलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखिएको छ । उनीमाथि थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?