काठमाडौं । नेपालमा ५ वर्षदेखि निरन्तर नुडल्सको निर्यात गरिरहेको एशियन थाई फुड्सले नेपालमा पुनः नुडल्सको नयाँ परिकार ल्याउने भएको छ ।
एशियन थाई फुड्सले भदौ १६ गते सोमबार (भोलि) देखि पुनः मसलेदार ‘डेभिल्स हट चिकेन नूडल्स’ को शुभारम्भ गर्ने भएको हो । मसलाको राम्रो र सन्तुलन र स्वाद खोज्ने जो कोहीलाई पनि यसलाई मन पराउने कम्पनीको दाबी छ ।
‘नेपालकै सबैभन्दा मिठो स्वाद । डेभिलिसियअस छ’ भन्ने ट्यागलाइनसहित ‘डेभिल्स हट चिकेन नूडल्स’ बजारमा ल्याउन लागिएको हो ।
एशियन थाई फुड्सका निर्देशक आशिष जाजुले यो अहिले बजारमा भइरहेको साधारण नूडल्स मात्र नभएको दाबी गरेका छन् ।
‘यो साधारण तत्कालनि नूडल्स मात्र होइन, यो साहसिकहरुका लागि स्वादयुक्त चुनौती पनि हो,’ उनले भनेका छन् ।
त्यस्तै एशियन थाई फुड्सका व्यवस्थापकीय निर्देशक महेश जाजुले निजी लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा हालै संक्रमण गरी हाम्रो आईपीओ तयारीको एक भागका रुपमा हामी नवप्रवर्तन र नेपाली रुचीअनुसारको स्वादअनुसारको प्रतिबद्धताको उच्चस्तर कायम राख्छौँ । डेभिल्स हट नूडल्समा हाम्रो बोल्ड, सन्तुलित मसला र डेलिसिअस स्वादको लगाव झल्किन्छ जुन नेपाल र विदेश दुवैको ग्राहकहरुलाई मन पर्न सक्छ,’ उनले भने ।
त्यस्तै उक्त नूडल्सको प्रति गोटा ५० रुपैयाँ पर्नेछ भने ५ प्याकेटको फेमिली प्याकलाई २५० पर्ने बताइएको छ । साथै यसले प्रयोगकर्तालाई थप खुसी दिने उदेश्यले प्रत्येक प्याकमा चकलेट वेफलर पनि रहेको र जसले तातो खानापछि मिठासको स्वाद थप गर्नेछ ।
एशियन थाई फुड्सका अनुसार यो भाटभटेनी लगायतका ठूला खुद्रा पसलहरुमा र दराज जस्ता लोकप्रिय अनलाइन प्लेटफर्महरुमार्फत् नेपालका सबै ठूला सहरहरुमा सजिलै उलब्ध हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया