काठमाडौं । नेपालमा विद्युतीय गाडीको प्रयोग तीव्र रूपमा बढ्न थालेको छ । पेट्रोल–डिजेलको महँगो खर्च, विद्युतीय गाडीको कम सञ्चालन लागत र बैंकबाट सहज रूपमा ऋण पाइने भएकाले उपभोक्ताको रोजाइ विद्युतीय सवारीतर्फ बढेको हो ।
देशमा जलविद्युत् उत्पादन बढ्नुका साथै विभिन्न स्थानमा चार्जिङ स्टेसन थपिँदै गएपछि विद्युतीय गाडीप्रतिको आकर्षण झन् बढेको छ ।
चालु आर्थिक वर्ष २०८३र८४ को पहिलो महिना साउनमा नेपालमा ६८९ वटा विद्युतीय चारपांग्रे गाडी भित्रिएका छन् । भन्सार विभागका अनुसार ती गाडी आयात गर्न १ अर्ब ६१ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ । सरकारले भने यसबाट १ अर्ब ६ करोड १६ लाख रुपैयाँभन्दा बढी राजस्व उठाएको छ ।
साउनमा नेपालमा कुल ९८७ वटा चारपांग्रे गाडी आयात भएका थिए। त्यसमध्ये विद्युतीय गाडीको हिस्सा करिब ७० प्रतिशत पुगेको छ । अर्थात् नेपाल भित्रिएका प्रत्येक १० चारपांग्रे गाडीमध्ये झन्डै ७ वटा विद्युतीय छन् ।
आयात रकमलाई आधार मान्दा साउनमा एउटा विद्युतीय गाडीको औसत मूल्य करिब २३ लाख ४४ हजार रुपैयाँ पर्छ ।
यसले नेपालमा पेट्रोल–डिजेलका गाडीभन्दा विद्युतीय गाडीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया