काठमाडौं । नेपाल बैंक लिमिटेडले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै नयाँ अटो लोन योजना सार्वजनिक गरेको छ ।
नाडा अटो शो भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।
योजनाअन्तर्गत नेपाल बैंकबाट कर्जा लिएर जुनसुकै ब्रान्डका नयाँ विद्युतीय, पेट्रोल वा डिजेल सवारीसाधन किन्न सकिनेछ । बैंकले आफ्नो आधार दरमा ०.४९ प्रतिशत प्रिमियम थप गरी कायम हुने ब्याजदरमा अटो लोन दिने जनाएको छ ।
कर्जाको सेवा शुल्क पनि ०.५ प्रतिशत मात्रै लाग्ने बैंकले जनाएको छ । साथै, अटो लोन लिने ग्राहकले थप शुल्क नतिरी ३ लाख रुपैयाँसम्मको लाइफटाइम क्रेडिट कार्ड सुविधा पाउनेछन् ।
नाडा अटो शोमा विभिन्न ब्रान्डका विद्युतीय तथा पेट्रोल–डिजेल सवारीसाधन प्रदर्शन हुँदैछन् । बैंक तथा वित्तीय संस्थाले पनि सवारीसाधन खरिदका लागि विभिन्न कर्जा योजना ल्याएका छन् ।
नेपाल बैंकले अटो लोनबारे थप जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया