काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूहरू बाध्यताले शान्ति प्रक्रियामा आउनुपरेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालमा दलित अधिकारको अवस्था, नीतिको विकास र कार्यान्वयनमा चुनौती’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधानसभादेखि हालसम्म आफ्नो वर्ग र समुदायको हितमा सक्दो काम गरेको दाबी गरे ।
उनले भने, ‘हामीले अझै अधुरा क्रान्ति पूरा गर्ने, दलित, महिला वा अरू समुदायको मुक्तिका लागि संघर्ष गर्ने ठाउँ बाँकी राखेकै छौँ । बोल्नै नपाउने अवस्था हुन दिएनौँ, तर यस पक्षलाई अझै गम्भीरतापूर्वक विचार गर्न जरुरी छ ।’
प्रचण्डले पछिल्लो समय आफ्नो वर्गसँगको सम्बन्ध केही खुकुलो भएको स्वीकार गर्दै आत्म समीक्षा र आत्मालोचनामा माओवादी अग्रसर रहेको बताए । ‘माओवादी मात्रै हो जसले आफ्ना कमजोरीबारे खुलेर गल्ती भयो भनेर स्विकार्छ। सरकारको नेतृत्व गर्दा होस् वा विपक्षमा हुँदा, हामी सच्याउँदै जनतामा जाने आँट गर्छौँ,‘उनले भने।
प्रचण्डका अनुसार क्रान्तिबाट जन्मिएको नेतृत्वलाई सामान्य कार्यकर्ताजस्तो छुट नहुने भएकाले जिम्मेवारी अझ गहिरो हुने स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया