पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

लोकपथ
168
Shares
फाइल तस्बिर

बागलुङ । अविरल वर्षाका कारण कालीगण्डकी करिडोरको बागलुङखण्ड अवरुद्ध भएको छ । 

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको करिडोरको बागलुङखण्डस्थित बागलुङ नगरपालिका–१३ कालाखोला भन्ने स्थानमा पहिरो खसेपछि आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी केशव थापाले जानकारी दिए । 

पहिरोका कारण उक्त खण्डमा यातायात सञ्चालन ठप्प भएको छ । 

कालाखोला क्षेत्रमा यस अघि समेत ठुलो पहिरो खसेको थियो । ठुलो पहिरोका कारण खुलाउन समस्या भइरहेको छ ।

कालीगण्डकी करिडोर आयोजना, निर्माण व्यवसायी र बागलुङ नगरपालिकाले वर्षा रोकिएपछि सडक खुलाउन प्रयास गर्ने प्रहरीको भनाइ छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?