काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू हाँस्यव्यंग्य कार्यक्रममा सहभागी हुनै छाडेको बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका महामन्त्री थापाले मर्यादित भाषाको प्रयोग नभएकाले आफूले त्यस्ता कार्यक्रममा सहभागी हुन नसकेको बताएका हुन् । शुक्रबार काठमाडौंमा कवि विसुकुमार केसीद्वारा लिखित कविता संग्रह ‘पागल हुन कहाँ सजिलो छ र ?’ को विमोचन कार्यक्रममा बोल्दै उहाँले व्यंग्य चेत सम्बन्धित पक्षले मनन गर्नसक्ने खालको हुनुपर्ने भएकाले सोही अनुसारको साहित्य सृजना लाग्न पनि स्रष्टाहरुलाई आग्रह गरे ।
जसमाथि साहित्यले कटाक्ष गर्न खोजेको हो, त्यसलाई मनन गर्ने खालको व्यंग्य चेत हुनुपर्ने महामन्त्री थापाको भनाई थियो । उनले कवितामा गरिएको व्यंग्य सम्बन्धित पक्षले मनन गरेमात्रै त्यसको अर्थ हुने पनि स्पष्ट पारे ।
महामन्त्री थापाले भने, ‘चोटिला प्रश्नहरु गर्दा पनि मर्यादाभित्र रहेर गर्नु पर्दछ । मलाई यो कविको बेजोड शैली हो भन्ने लाग्छ । प्रश्नहरु एकदम धारिलो छ, चोटिलो छ । तर त्यो जसलाई प्रश्न गरिएको हो, शुरुमै त्यसलाई यतिधेरै प्रश्न भएको कि उसले महशुस नै गर्न सकेन भने अर्थै भएन । आजभोली म भएन । आज भोली म हास्यव्यंग्य कार्यक्रमहरुमा जानै मन लाग्दैन । पहिलापहिला हामी गाईजात्रा सुन्थ्यौँ नि । त्यो कार्यक्रममा अगाडि बसेको मान्छेलाई प्रश्न गरेको छ । त्यहाँ व्यंग्य भएको छ । त्यो व्यंग्य चेतका साथ कुराहरु भएको छ । सबै कुरामा सहभागी हुन पाओस् न । तर अगाडि बसेको मान्छे त्यहाँबाट भाग्नुपर्ने अवस्था बनायो भने के अर्थ हुन्छ ? त्यसले त्यो चीजलाई ग्रहण नै गर्न सक्दैन, मनन नै गर्न सक्दैन । कवितामा पनि हामीलाई प्रश्न छ, नेतालाई प्रश्न छ, बालाई प्रश्न छ, छोरालाई छ, दाईलाई छ । समाजका मानिसहरुलाई छ । तर त्यसलाई मिठो गरी पस्कनु पर्दछ ।’
महामन्त्री थापाले साहित्यले समाजका विभिन्न क्षेत्रमाथि गरिएको प्रहार मर्यादित भए त्यसले सुधारको क्षेत्रमा धेरै काम गर्नसक्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया