दिपक मनाङे पदमुक्त भएपछि रिक्त मनाङमा उपनिर्वाचनको मिति तोकियो

लोकपथ
1.4k
Shares

काठमाडौं । मनाङको प्रदेश सभा २ मा उपनिर्वाचनको मिति तोकिएको छ । आज बसेको निर्वाचन आयोगको बैठकले आगामी कार्तिक १७ गते सोमबारका लागि निर्वाचनको मिति तोकिएको हो ।

०७९ साल मंसिर ४ गते भएको निर्वाचनमा मनाङको सो क्षेत्रबाट राजिव गुरुङ उर्फ दिपक मनाङे निर्वाचित भएका थिए । गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न रहेका मनाङे हाल जेल सजाय भुक्तान गरिरहेका छन् । सर्वोच्च अदालतले मनाङेको कसुर ६ वर्षसम्म कैद नभएसम्मका लागि निर्वाचनमा भाग लिन नपाउने गरी फैसला गरेसँगै उनी पदमुक्त भएका थिए । रिक्त रहेको उक्त स्थानमा आगामी कार्तिक १७ गते उपनिर्वाचन गर्ने मिति तय भएको हो ।

दिपक मनाङे पदमुक्त हुने सर्वोच्चको पूर्णपाठमा भनिएको थियो, ‘जहाँसम्म यी संवैधानिक तथा कानुनी प्रावधानमा स्थान रिक्त हुने वा पदमुक्त हुने एकीन समयबारे उल्लेख नभएको अवस्थामा माथिल्ला प्रकरणमा विवेचित आधारबाट सर्वोच्च अदालतबाट मिति २०८१–७–२० मा प्रत्यर्थी दीपक मनाङ्गे भन्ने राजीव गुरुङ उपरको ज्यान मार्ने उद्योग मुद्दा फैसला भएपश्चात् निज उक्त प्रदेश सभा सदस्य पदका लागि अयोग्य– ठहर भएको र मिति २०८१–७–२७ देखि नै निज प्रत्यर्थी कैदमा समेत गइसकेको देखिँदा प्रदेश सभा सदस्य पदमा रहिरहन योग्य नभएको अवस्थामा निजलाई सोही मिति २०८१–७–२० देखि नै गण्डकी प्रदेश, प्रदेश सभा सदस्य पदबाट पदमुक्त हुने ठहर्छ । अरुमा तपसिल बमोजिम गर्नू ।’

त्यसो त सोही दिन रुपन्देही क्षेत्र नं ३ मा समेत उपनिर्वाचन हुँदैछ । आयोगले दुवै उपनिर्वाचनलाई लक्षित गरेर आगामी भदौ २५ गते अन्तिम मतदाना नामावली प्रकाशन गर्ने र सोही अनुसार मतदाताहरु मतदानमा भाग लिन पाउने समेत बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?