ओलीद्वारा संसदलाई चीन भ्रमणको जानकारी, भने– ‘राष्ट्रिय हितलाई उठाउँछौँ’

लोकपथ
315
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे संसदलाई औपचारिक जानकारी गराएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी गराएका हुन् ।

‘मान्यजीहरुलाई म के विश्वास दिलाउन चाहन्छु भने हामीले नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काम गर्नेछ । विश्वस्त रहन यस गरिमामय संसदलाई म आग्रह गर्न चाहन्छु,’ उनले भने ।

प्रधानमन्त्री ओलीले भ्रमणमा जाने टोलीबारे समेत जानकारी गराए । भ्रमण दलको सदस्यमा ओलीपत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवम् प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवम् प्रतिनिधिसभाका सदस्य माननीय छबिलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी हुनेछन् ।

प्रधानमन्त्री ओलीसहित प्रतिनिधिमण्डलको टोली चीनको थियानजिन शहरमा आयोजना हुने शाङ्घाई सहयोग संगठन (शाङ्घाई कोअपरेशन अर्गनाइजेशन) को शिखर सम्मेलनमा भाग लिन गएका हुन् । भोली शनिबार चीनतर्फ प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली आगामी भदौ १८ गते स्वदेश फर्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?