काठमाडौं । न्याय सेवाको न्याय र कानुन तथा सरकारी वकिल समूहको शाखा अधिकृत पदका लागि लोक सेवा आयोगले ४४ जनालाई सिफारिस गरेको छ । सिफारिस भएकामध्ये अधिकांश महिला रहेका छन् ।
लोक सेवा आयोगका अनुसार ४४ जनामध्ये ३८ महिला र ६ पुरुष नियुक्तिका लागि सिफारिस भएका हुन् । आयोगको विज्ञापन नम्बर १६६९४/०८१–८२ (खुला) अन्तर्गत ४४ पदमा दरखास्त माग गरिएको थियो ।
लिखित परीक्षा पास गरेका ६४ जनामध्ये ६३ जना भदौ ४ देखि १२ गतेसम्म भएको अन्तर्वार्तामा सहभागी भएका थिए । लिखित, सामूहिक परीक्षण, सूचना प्रविधि सिप परीक्षण र अन्तर्वार्तामा प्राप्त अंकको आधारमा सर्वाधिक अंक ल्याएका उम्मेदवार नियुक्तिका लागि सिफारिस गरिएको हो ।
आयोगको भदौ १२ गते बसेको बैठकले न्याय र कानुन समूहका उम्मेदवारलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा तथा सरकारी वकिल समूहका उम्मेदवारलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया