प्रधानमन्त्रीले भोलि संसद्‌मा सम्बोधन गर्ने

लोकपथ
343
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सभामुख देवराज घिमिरेले बिहीबार प्रमुख सचेतकहरूसँग गरेको छलफलपछि प्रधानमन्त्री ओलीले आसन्न विदेश भ्रमणबारे सदनलाई जानकारी दिने कार्यसूची तय भएको हो ।

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेका अनुसार प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणबारे सदनलाई जानकारी दिनेछन् ।

यसैबिच संसद्को आगामी बैठक र कार्यसूचीबारे पनि छलफल भएको छ । पाण्डेका अनुसार १३ गतेपछि १८ गते, २५, २६ र २७ भदौमा बैठक गर्ने सहमति भएको छ ।

उनले भने, ‘संसद्को आगामी बैठकको कार्यसूचीबारे छलफल भयो । भाद्र महिनाभर कार्य तालिका कसरी लैजाने भन्नेबारेमा पनि छलफल भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?