व्यक्तिगत स्वार्थले कम्युनिस्ट आन्दोलन धरासायी भयो : जनार्दन शर्मा 

लोकपथ
217
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीभित्र आन्तरिक लोकतन्त्र स्थापना गर्न नसक्दा अहिलेको समस्या उत्पन्न भएको बताएका छन् ।

वर्तमान राजनीतिक संकट र निकास विषयक अन्तरक्रिया कार्यक्रममा शर्माले भने, ‘समाजवादको कुरा गर्ने तर व्यक्तिगत स्वार्थमा केन्द्रित भएर प्रयास असफल बनाइयो । कम्युनिस्ट आन्दोलन धरासायी भयो।’

शर्माले नेतृत्वलाई नयाँ शक्ति उत्पन्न गर्न जिम्मेवारी लिनुपर्ने र सत्ता स्वार्थले जनताको एजेन्डा सम्बोधन गर्न नसकिएको बताए । 

अध्यक्ष प्रचण्डको निर्णय र गठबन्धन परिवर्तन अभियानले पनि समस्यालाई थप गहिरो बनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?