विद्या भण्डारीलक्षित ओलीको टिप्पणी– ‘चुनावमा उठे पनि जित्ने आधार छैन’

लोकपथ
574
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने बताएका छन् ।

बिहीबार काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफलका क्रममा ओलीले भण्डारीलाई पुनः सक्रिय राजनीतिमा ल्याउने कुरा उचित नहुने स्पष्ट पारेका हुन् ।

उनले राष्ट्रपति भइसकेको व्यक्तिको राजनीतिक सम्मान कायम रहनुपर्ने भन्दै, ‘फर्किएर आएर उम्मेदवार बन्ने वा बनाउने गल्ती गर्न हुँदैन’ भनेका छन् । ओलीका अनुसार, भण्डारी चुनावमा उठे पनि जित्ने आधार छैन, हार्ने सम्भावना भने प्रष्ट देखिन्छ ।

‘उहाँ चुनाव जित्नुभयो भने राम्रो हो तर हार्ने स्थिति बढी छ । हारेर असन्तुष्ट हुने, खाँबो चिथोर्ने काम हुने खतरा रहन्छ । त्यसपछि पार्टीले स्पष्टीकरण सोध्नुपर्ने स्थिति आउन सक्छ, जुन कुरा पूर्व राष्ट्रपतिका लागि सम्मानजनक हुँदैन,‘ओलीले भने ।

प्रधानमन्त्री ओलीले पूर्व राष्ट्रपति भण्डारीलाई ‘अध्यक्ष दिन नसकिने’ भन्दै पार्टीलाई संघर्षको मैदानमा लालगेडीजस्तो सजावटको हैसियतले चलाउन नसकिने टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?