लिपुलेक मुद्दामा राष्ट्रिय सहमतिसहित सी र मोदीजीसँग प्रष्ट कुरा राख्छु : प्रधानमन्त्री ओली

लोकपथ
1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी मुद्दामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताएका छन् । 

एमाले काठमाडौं जिल्लाका अगुवा नेताहरूसँग बालुवाटारमा भएको भेटमा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्दा नेपालको अडान स्पष्ट पार्ने प्रतिबद्धता जनाएका हुन् । 

प्रधानमन्त्री ओलीले भेटपछि भने, ‘१४ गते संसद्मा विषय उठाएर विश्वास लिएपछि दुवै देशका नेतासँग बलियो कुरा राख्ने तयारी गरेको छु ।’

उनले यस विषयमा राष्ट्रिय सहमति जुटाएर संसद्को समेत विश्वास लिएर मात्र दुवै देशका शीर्ष नेताहरूसँग बलियो कुरा राख्ने तयारी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?