प्रधानमन्त्री ओलीसँग को–को जाँदैछन् चीन ? यस्तो छ कार्यतालिका

लोकपथ
1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणमा जम्बो टोली जाने भएको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको चीन भ्रमण, भ्रमण दलका सदस्य र कार्यक्रमबारे जानकारी दिएको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसहित शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मासहित उच्च पदस्थ सरकारी टोली सहभागि हुनेछ ।

प्रधानमन्त्री ओली अगस्ट ३० अर्थात् भदौ १४ गते त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिङपिङसँग भेटवार्ता गर्ने तय भएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले आगामी भदौ १६ अर्थात् सेप्टेम्बर २ मा एससिओ सम्मेलनमा सम्बोधन गर्नेछन् । साथै प्रधानमन्त्री ओलीले भ्रमणको दौरानमा विश्वका विशिष्ट नेताहरुसँग साइडलाइन वार्ता गर्ने कार्यतालिका समेत रहेको छ । प्रधानमन्त्री ओलीले भदौ १७ गते चिनियाँ समकक्षीसँग भेटघाट गर्ने कार्यसूची समेत रहेको छ । प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली सेप्टेम्बर ३ अर्थात् भदौ १८ गते स्वदेश फर्किनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?