वर्चश्वशाली समूहले संविधानलाई पछाडि धकेल्न खोज्दैछन् : प्रमुख सचेतक परियार

लोकपथ
294
Shares
फाइल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले संविधान संशोधनको बहस ठिक दिशामा अगाडि नबढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दश वर्षको समिक्षाः उपलब्धि, समस्या तथा चुनौती र सुझाव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

वर्तमान संविधान तुलनात्मक रुपमा प्रगतिशील भए पनि शक्ति संरचनामा निरन्तर प्रभुत्व कायम राख्न खोज्ने स्वार्थ समूहलाई मन पर्न नसकेको उनको टिप्पणी छ । उनले संविधानलाई अगाडि बढाउनेभन्दा पनि संशोधनको बहानामा पछाडि फर्काउने बहस छेडिएको उल्लेख गर्दै छ । 

यसप्रति सचेत हुन आवश्यक रहेको पनि बताए । उनले राजनीतिक दलहरूले संविधानको कार्यान्वयन नगरेको पनि आरोप लगाए । उनले संविधानको व्यवस्थाअनुसार राजनीतिक दल र नेतृत्वले व्यवहार नगर्दा दलको व्यवहारअनुसारको संविधान बनाउने षड्यन्त्र भइरहेको टिप्पणी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?