काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
एमालेले आगामी भदौ १३ गते बस्नेगरी केन्द्रीय कमिटी बैठक बोलाएको थियो । दोस्रो विधान महाधिवेशनको तयारीका लागि बोलाइएको बैठक स्थगित भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
‘बैठकको तयारी नपुगेकाले स्थगित गरिएको हो। अर्को मिति चाँडै तय गर्छ,’ उनले भने ।
उनका अनुसार विधान संशोधन प्रस्ताव प्रतिवेदन पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पेस गर्ने तय भएको छ । एमालेले विधान संशोधन प्रस्तावमाथिको सुझाव पठाउन मातहतका कमिटीलाई आजसम्म गतेसम्मको समयसीमा दिएको छ ।
विधान संशोधनसम्बन्धी सुझावलाई समेटेर प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेस गगर्ने तयारी छ।
एमालेको दोस्रो विधान महाधिवशेन ललितपुरको गोदावरीस्थित सनराइज हलमा यही भदौ २० देखि २२ सम्म हुनेछ ।
यता एमालेले विधान महाधिवेशनको नारा समेत तय गरेको छ ।
गौतमका अनुसार विधान महाधिवेशनको नारा, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ हुनेछ ।
विधान संशोधनका लागि अहिले एमालेले तल्लो तहबाट सुझाव संकलन गरिरहेको छ । यसअघि नवौँ केन्द्रीय कमिटी बैठक गत साउन ५ र ६ गते बसेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया