जसपाले २ मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउँदै

लोकपथ
2.6k
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा सामेल दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

यसअघि बसेको पार्टी बैठकले वनमन्त्री नवलकिशोर साह सुडी र खानेपानीमन्त्री प्रदीप यादवलाई फिर्ता बोलाउने निर्णय गरेको हो । त्यस्तै उनीहरुको ठाउँमा अन्य दुई जनालाई पठाउने तयारी गरिएको हो ।

त्यस्तै त्यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत जानकारी गराइसकिएको बताइएको छ ।

पार्टी उपाध्यक्ष परशुराम बस्नेतका अनुसार उक्त बैठकले अर्का दुई जनालाई मन्त्रीमा पठाउने निर्णय गरेको छ ।

बस्नेतका अनुसार सरकारमा डा. वीरेन्द्र महतो र रञ्जु झालाई पठाउने निर्णय भएको हो ।

‘सरकारमा हाम्रो पार्टीबाट मन्त्री रहनुभएका दुवै जना मन्त्रीले भदौ ११ गतेभित्र राजीनामा दिनुहुन्छ, त्यसपछि नाम सिफारिस भएका दुई जना नयाँ मन्त्री सरकारमा सहभागी हुनुहुनेछ,’ बस्नेतले भने ।

जनता समाजवादी पार्टीबाट फुटेपछि बनेको जसपाले दुई जनालाई मन्त्रीका रुपमा पठाएको थियो । एक वर्ष काम गरिसकेपछि दुई जनालाई फिर्ता बोलाउन आटिँएको हो । त्यसो त अब मन्त्री बन्न लागेकी झालाई यसअघि नै बिना विभागीय मन्त्री बनाउन लागिएको थियो । तर उनले आफू जिम्मेवारीसहित काम गर्ने नभए एक वर्ष कुर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?