काठमाडौं । विद्यालय शिक्षा विधेयकसम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि समितिको प्रतिवेदन शुक्रबार प्रतिनिधि सभामा पेस भएको छ । प्रतिनिधि सभाको बैठकमा समिति सभापति अम्मरबहादुर थापाले उक्त प्रतिवेदन पेस गरेका हुन् ।
सभापति थापाले प्रतिवेदन तयार पार्दा सरोकारवाला सबै पक्षसँग औपचारिक तथा अनौपचारिक छलफल गरिएको र विधेयक समृद्ध बनाइएको बताए । समितिले बिहीबारको बैठकबाट प्रतिवेदन पास गरेको थियो । उनी लामो समयपछि हुने परिवर्तनले विद्यालय शिक्षामा उल्लेख्य सुधार हुने विश्वास पनि व्यक्त गरे ।
तर, विधेयकमा प्रतिपक्षी दलले फरक मत राखेका छन् । नेकपा (माओवादी केन्द्र) ले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्था संसदीय उपसमितिको प्रस्ताव अनुसार गर्नु पर्ने लगायत पाँच बुँदे फरक मत प्रस्तुत गरेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्ण छात्रवृत्ति र आवाससमेतको व्यवस्था हुनुपर्ने तीन बुँदे फरक मत राखेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानमा आफ्नो असहमति जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया