काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद अनिशा नेपालीले भारत र चीनबिच हालै भएको सहमतिअनुसार लिपुलेक हुँदै व्यापार मार्ग खोल्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएकी छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेपालीले यस्तो कदम नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय हितमा अप्रत्यक्ष असर पार्ने भएकाले अस्वीकार्य भएको बताइन् ।
उनले भनिन्,‘ नेपाल सरकारलाई पूर्ण रूपमा उपेक्षा गर्दै दुई देशले एकतर्फी निर्णय गर्नु देशको सम्मान र स्वाधीनतामाथि गम्भीर प्रहार हो ।’
सांसद नेपालीले थपिन्, ‘लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अविभाज्य अंग हुन् । ऐतिहासिक प्रमाण, नक्सा, सन्धि र सम्झौताले यसलाई स्पष्ट देखाउँछन् ।’
उनले नेपाल सरकारले तत्काल भारत र चीनसँग उच्चस्तरीय कूटनीतिक पहल गरी सहमति खारेज गर्नुपर्ने माग गर्दै नेपालका भूभाग र स्वाधीनतामाथि अतिक्रमण सह्य नहुने स्पष्ट सन्देश दिन सरकारसँग अनुरोध गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया