संघीय सांसदको संख्या बढी भयो, यसबारे सोचौँ : श्याम घिमिरे

लोकपथ
133
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदेश, पालिका र संघीय सांसदको संख्या बढी भएकाले यसबारे पुनर्विचार आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले संविधान संशोधन गर्न सकिने भए पनि प्रक्रियामा चुनौती रहेको स्पष्ट पारे । उनले भने, ‘संविधान संशोधनीय कुरा भएकाले संशोधन गर्नु ठुलो कुरा होइन । वर्तमान सरकारले संविधान संशोधनको एजेण्डालाई सहमतिको दस्ताबेजमा राखेको छ, तर जति सजिलो सोचेका थियौँ, त्यति सजिलो रहेन । एक वर्षमा कुन विषयमा संशोधन गर्ने भन्ने कुरा तय गर्न सकेका छैनौँ ।’

घिमिरेले राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणालीजस्ता संवेदनशील विषयमा छुँदै नछुने हो भने अन्य विषयमा संशोधन त्यति कठिन नहुने तर अर्थपूर्ण नहुने बताए । 

साथै उनले संविधान कार्यान्वयनमा व्यवहारिक चुनौती र आर्थिक भार बढेको उल्लेख गर्दै, ‘संरचनाहरू धेरै बढी बनाइयो, राज्यको आर्थिक अवस्थाले यसलाई धान्न गाह्रो भएको छ । प्रदेश, पालिका, संघीय सांसदको संख्या पनि बढी भयो कि भन्ने कुरा विचार गर्नुपर्छ, ‘उनले भने ।

उनले संविधान निर्माणको बेला व्यवहारिक नभएका केही कुरा हौसिएर समावेश भएको र त्यसको पूर्ण कार्यान्वयन नसकिएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?