म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक र म्याग्दीका तीन स्थानीय तहलाई सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरबाङ सडक आज बिहानैदेखि अवरुद्ध भएका छन् ।
रघुगङ्गा गाउँपालिका–२ माझखर्क, अन्नपूर्ण गाउँपालिका–३ सुकेबगर र ७ महभिरमा पहिरो खसेपछि करिब ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरीले जनाएको छ ।
त्यसैगरी, बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा खसेको ठूलो पहिरोका कारण मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जोड्ने बेनी–दरबाङ सडकसमेत अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख विशाल दर्जीले जानकारी दिए ।
सडक अबरुद्ध भएपछि सदरमुकाम बेनीसँग ग्रामीण क्षेत्रको यातायात सम्पर्क टुटेको छ । स्थानीयवासीको दैनिक जीवनयापन प्रभावित भएको छ ।
सडक विभागको डोजरमार्फत बेनी–जोमसोम सडक र पूर्वाधार विकास कार्यालयमार्फत बेनी–दरबाङ सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया