गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–१ राहलेका ५३ वर्षीय मानबहादुर कुमालको छल्दी खोलाले बगाएर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीका अनुसार बुधबार रातिदेखि परिवारको सम्पर्कमा नरहेका कुमाल शुक्रबार बिहान इस्मा–२ स्थित छल्दी खोलाको किनारमा मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयले माछा मार्ने क्रममा शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । खबर पाएलगत्तै हस्तिचौर र धनार्जी प्रहरी चौकीबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का उठाई शवलाई पोष्टमार्टमका लागि तम्घास पठाएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया