प्रधानमन्त्री ओली भन्छन्– ‘सकारात्मकताका साथ अघि बढौँ, केही गरौँ’

लोकपथ
210
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य निर्माण भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सिस्नुपानी नेपालको प्रस्तुति जुरुक्क कर्णाली कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भएका कामको चर्चा नहुने तर सधैँ नकारात्मक टिप्पणी मात्र हुने प्रवृत्ति बढेको बताए ।

उनले भने, ‘हाम्रो अलिकति नकारात्मक एटिट्युड बनेको छ । त्यस कारण सकारात्मक सोचको विकास गरौँ, सकारात्मकताका साथ अघि बढौँ, केही गरौँ ।’

प्रधानमन्त्री ओलीले आफूमाथि गरिएको व्यंग्यलाई केही नगर्नेले केही गर्नेलाई झट्टि हानेको जस्तो भएको टिप्पणी गरे । कर्णालीका लागि सरकारले गरेका कामहरूलाई मूल्याङ्कन नगरी विरोध मात्र गर्ने प्रवृत्तिप्रति उनले असन्तोष जनाए ।

ग्यास अन्वेषण, विश्वविद्यालय स्थापना, सुत्केरी महिलालाई हेलिकप्टरमार्फत उद्धार तथा सडक निर्माणजस्ता कामको उदाहरण दिँदै उनले भने, ‘ग्याँस पाइयो, विश्वविद्यालय बन्यो, बाटो बन्यो तर यसको चर्चा नै हुँदैन ।’

प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको विकासका लागि प्रतिबद्धता व्यक्त गर्दै भने, ‘बन्छ कर्णाली, बनाउनुपर्छ । उठ्छ कर्णाली । कमजोरी होलान्, सुधार गरेर अघि बढ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?