काठमाडौं । राप्रपा नेतृ खुश्बु ओलीले मधेश प्रदेशमा शैक्षिक आपतकाल घोषणा गरी विशेष नीति र बजेटको व्यवस्था गर्न सरकारसँग आग्रह गरेकी छन् ।
बिहीबार उनले मधेशका मुख्यमन्त्री शतिसकुमार सिंहलाई सात बुँदे ध्यानाकर्षण बुझाउँदै प्रदेशको एसईई नतिजा निराशाजनक भएको भन्दै सुझाव पेश गरेकी हुन् ।
उनले यस वर्षको एसईईमा राष्ट्रियस्तरमा ६२ प्रतिशत विद्यार्थी पास भए पनि मधेशका मात्र २८ प्रतिशत पास भएको तथ्यांक प्रस्तुत गर्दै ७२ प्रतिशत नन–ग्रेडेड विद्यार्थीको भविष्यबारे चिन्ता व्यक्त गरेकी छन् ।
खुश्बु ओलीले कक्षा ९ र १० बाट विद्यार्थीको ड्रपआउट बढ्दै गएको र शैक्षिक अवस्था निरन्तर खस्कदै गएको बताउँदै प्रदेश सरकारले तत्कालै शैक्षिक संकटकाल घोषणा गरी विशेष नीति तथा बजेटको व्यवस्था गर्नुपर्ने सुझाव दिएकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया