ठूला दलहरूले नै संविधानमाथि प्रश्न उठाए, संशोधनको कुरा गर्छन् छलफल छैन : पूर्वराष्ट्रपति भण्डारी

लोकपथ
196
Shares

काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलभित्र विकृति र विसंगति मौलाउँदै गएको आरोप लगाएकी छन् ।

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलहरूले देखिएका विकृति समाधान गर्न नसकेको बताइन् ।

भण्डारीले सुशासन प्रवर्द्धन गर्न सरकारले भूमिका निर्वाह गर्न नसकेको उल्लेख गर्दै अहिलेको संसदीय प्रणाली कमजोर बन्दै गएको प्रष्ट पारिन् ।

उनले भनिन्, ‘राजनीतिक दल एउटा प्रणालीमा जसरी जानुपर्ने हो, त्यो जान सकेको छैन । राज्यका संयन्त्रहरु पनि जुन ढंगले सञ्चालन हुनुपर्ने हो त्यो हुन सकेको छैन । संसद् नै अहिले निरीह थलो बनेको छ ।’

उनले ठुला दलहरूले संविधान संशोधनको सहमति गरे पनि संविधानमा के अभाव रह्यो र के आवश्यकता छ भन्नेबारे गम्भीर छलफल हुन नसकेको टिप्पणी गरिन् । ‘कुनै व्यक्तिमाथि आरोप लाग्दैमा तत्काल निलम्बनमा पार्ने व्यवस्था लोकतान्त्रिक अभ्यास होइन,‘पूर्वराष्ट्रपतिभण्डारीले भनिन्, ‘आरोप पुष्टि नभएसम्म निलम्बन गर्नु न्यायसंगत हुँदैन ।

शिक्षा क्षेत्रमा देखिएको समस्या नेपालका लागि ठूलो चुनौती बनेको बताउँदै उनले समयानुकूल कानुन निर्माण र प्रभावकारी कार्यान्वयनमा राज्य गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?