काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले भृकुटीमण्डपमा जारी नाडा अटो शोमा आफ्ना चार वटा नयाँ इलेक्ट्रिक गाडी प्रदर्शनमा ल्याएको छ । टाटाले विशेष अफरसहित चार वटा नयाँ कार सार्वजनिक गरेको हो ।
टाटाले यस पटकको नाडा अटो शोमा आफ्नो ईभी लाइनअप थप सशक्त बनाउन टाटा कर्भ, नेक्सन, टियागो र पञ्च मोडेलहरू प्रदर्शनमा राखेको हो । कम्पनीले यी सबै मोडेलहरूमा प्राविधिक सुधार, भरपर्दो ब्याट्री क्षमताका साथ उपलब्ध गराएको जनाएको छ ।
नाडा अटो शोमा टाटाका यी चार इलेक्ट्रिक गाडीहरूले ग्राहकलाई नेपाली बजारमा सस्तोदेखि प्रिमियम सेग्मेन्टसम्मका विकल्प उपलब्ध गराउनेछन् । यसका साथै नाडा शो अवधिभर विशेष अफरमा छुटसमेत पाइने भएकाले टाटाका यी गाडीहरू ग्राहकलाई विकल्प बन्न सक्छ ।
आउनुहोस्, टाटाका कुन कारका के विशेषता छन्, त्यो बुझौँ ।
टाटा कर्भ
नाडा अटो शोमा प्रदर्शनीमा राखिएकामध्ये टाटाको प्रिमियम एसयुभी कार हो, टाटा कर्भ । टाटाको कर्भ मोडेललाई यस पटकको नाडा अटो शोमा प्रिमियम एसयूभी कुपेको रूपमा प्रदर्शनमा राखिएको छ ।
टाटाको टप भेरियन्टको कर्भ ईभी ५५ किलोवाट ब्याट्री क्षमतामा उपलब्ध छ, जसले एक पटक फूल चार्ज गरेपछि ४ सय देखि ४२५ किलोमिटरको रेन्ज दिने दाबी गरिएको छ ।
आधुनिक डिजाइन र प्रिमियम फिचर सहित आएको टाटाको कर्भ ईभीमा प्यानोरामिक सनरूफको सुविधासमेत उपलब्ध छ । यो प्रिमियम कारमा १२ दशमलव ३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १० दशमलव २५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, वायरलेस स्मार्टफोन चार्जिङ, एलेक्सा भ्वाइस असिस्ट र एयर प्युरिफायरको सुविधा उपलब्ध छ ।

स्पेसका हिसाबले पनि यो कार उत्कृष्ट रहेको दाबी गरिएको छ । यो कारमा ५०० लिटर बुट स्पेस र ११ दशमलव ६ लिटर क्षमताको फ्रंक अर्थात् अगाडिको भागमा सामान राख्ने क्षमता छ ।
यो कार ७० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङले ४० मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्मको चार्ज गर्न सक्छ भने घरमा चार्ज गर्ने एसी चार्जिङबाट १० प्रतिशतबाट ८ घण्टामा फूल चार्ज गर्न सकिन्छ ।
यो कारमा ६ वटा एयर ब्याग राखिएको छ, जसले दुर्घटना भइहाल्दा पनि यात्रुलाई अधिकतम सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यो कारमा ३६० डिग्री सराउन्ड भ्यु भएको क्यामेरा र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम जडान गरिएको छ ।
छिमेकी देश भारतमा यो कार दुई भेरियन्टमा रहेको भए पनि नेपालमा भने यसको टप भेरियन्ट मात्रै उपलब्ध छ, जसमा ५५ किलोवाट क्षमताको ब्याट्री राखिएको छ । यसको एमआरपी मूल्य ५६ लाख ९९ हजार कायम गरिएको छ । नाडा अटो शो मा यो कार बुकिङ गर्नेले भने विभिन्न सुविधा र आकर्षक छुटसमेत पाउनेछन् ।
नेक्सन के–थ्री ईभी
नाडा अटो शोमा टाटाले प्रदर्शनमा राखेको अर्को आकर्षक कार हो, नेक्सन के–थ्री ईभी । प्यानोरामिक सनरुफ सहितको यो कारमा ४५ किलोवाट–आवर क्षमताको ब्याट्री राखिएको छ, जसले ३२५ किलोमिटरको माइलेज दिने दाबी गरिएको छ ।
प्रिमियम फिचर सहित बजारमा आएको नेक्सन के–थ्रीमा १२ दशमलव ३ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १० दशमलव २५ इन्चको कन्फिगरेबल डिजिटल इन्स्ट्रेमेन्ट क्लस्टर जडान गरिएको छ ।
त्यसै गरी यो कारमा वायरलेस स्मार्टफोन चार्जिङ, एलेक्सा भ्वाइस असिस्ट र एयर प्युरिफायरको सुविधा उपलब्ध छ ।
स्पेसको कुरा गर्दा यो कार पनि उत्कृष्ट रहेको कम्पनीले दाबी गरेको छ । यो कारमा ३५० लिटर बुट स्पेस रहेको छ ।

यो कार ५० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङले ५६ मिनेटमै १० प्रतिशतबाट ८० प्रतिशतसम्मको चार्ज गर्न सक्छ भने घरमा चार्ज गर्ने एसी चार्जिङबाट १० प्रतिशतबाट ६ घण्टा ३६ मिनेटमा फूल चार्ज गर्न सक्छ ।
यो कारमा पनि ६ वटा एयर ब्याग राखिएको छ, जसले दुर्घटना भइहाल्दा पनि यात्रुलाई अधिकतम सुरक्षा प्रदान गर्ने दाबी गरिएको छ । यो कारमा ३६० डिग्री सराउन्ड भ्यु भएको क्यामेरा र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल र टायर प्रेसर मोनिटरिङ सिस्टम जडान गरिएको छ ।
यो कारमा प्रयोग भएको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरसम्मको वारेन्टी दिइएको छ ।
नेपालमा यसको एमआरपी मूल्य ४८ लाख ९९ हजार कायम गरिएको छ । नाडा अटो शो मा यो कार बुकिङ गर्नेले भने विभिन्न सुविधा र आकर्षक छुटसमेत पाउनेछन् ।
टियागो ईभी
टाटाको टियागो ईभी यस पटक नाडामा नयाँ विशेषतासहित लन्च गरिएको छ । २०२५ मोडेलको यो ह्याचब्याक गाडी नेपालका सहरी क्षेत्रमा प्रयोगका लागि उत्तम र सस्तो गाडीका रूपमा हेरिएको छ । टियागो ईभी कार नेपालमा मेडियम रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा उपलब्ध छ ।
मेडियम रेन्ज भेरियन्टको टियोगो कारमा १९ दशमलव २ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ जसले २ सय किलोमिटरको माइलेज दिने दाबी गरिएको छ ।
यता लङ रेन्ज भेरियन्टमा २४ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ, जसले करिब ३ सय किलोमिटरको माइलेज दिने बताइएको छ ।
टियागो ईभीको दुवै भेरियन्टमा डिसी फास्ट चार्जिङबाट ५८ मिनेटमा १० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ भने भने मेडियम भेरियन्टको एसी चार्जिङमा ७ घण्टा र लङ रेन्ज भेरियन्टमा साँढे ३ घण्टामा १० प्रतिशतबाट शत फुल चार्ज गर्न सकिन्छ ।

यी कारमा १० दशमलव २४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १० दशमलव १६ सेन्टिमिटरको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल सिस्टम र कुल्ड ग्लोब बक्स जडान गरिएको छ ।
टाटा टियागोका दुवै मोडेलमा २४० लिटरको बुट स्पेस रहेको छ भने अगाडीको सिटका लागि दुई वटा एयर ब्याग रहेका छन् ।
कारमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम जडान गरिएको छ भने हिल होल्ड कन्ट्रोल सिस्टम समेत समावेश छन् ।
त्यसै गरी कारमा रियर क्यामेरा पार्किङ, टायर प्रेसर मोनिटरिङ सिस्टम जडान गरिएको छ ।
दुई भेरियन्टमा उपलब्ध टियागोको मेडियम रेन्जको कारको सोरुम मूल्य २७ लाख ४९ हजार र लङ रेन्जको मूल्य २९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।
नाडा अटो शो मा यो कार बुकिङ गर्नेले भने विभिन्न सुविधा र आकर्षक छुटसमेत पाउनेछन् ।
पञ्च डट ईभी
टाटाले नाडा अटो शोमा प्रदर्शनीमा राखेको अर्को कार हो, टाटा पञ्च ईभी । २०२५ मोडेलको यो एसयुभी कार सहरी तथा छोटो दुरीका यात्राका लागि उपयोगी कार हो ।
टाटा पञ्च ईभी मेडियम रेन्ज, लङ रेन्ज र लक्जरी गरी तीन वटा भेरियन्टमा उपलब्ध छन् ।
मेडियम रेन्ज भेरियन्टको पञ्च ईभीमा दशमलव २५ किलोवाट क्षमताको ब्याट्री प्रयोग गरिएको छ जसले ३ सय किलोमिटरको माइलेज दिने दाबी गरिएको छ । त्यसै गरी ३५ किलोवाट क्षमताको ब्याट्री रहेको लङ रेन्ज भेरियन्टले ४२० किलोमिटर माइलेज दिने बताइएको छ भने लक्जरी मोडेलले पनि सोही माइलेज दिनेछ ।

पञ्चका तीनै भेरियन्टमा डिसी फास्ट चार्जिङबाट ५६ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ भने एसी चार्जिङबाट चार्ज गर्दा १० प्रतिशतबाट फुल चार्ज हुन मेडियम भेरियन्टमा साँढे तीन घण्टा, र लङ रेन्ज तथा लक्जरीमा ५ घण्टाको समय लाग्नेछ ।
यी कारहरूमा १० दशमलव २४ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १० दशमलव १६ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एयर प्युरिफायर आदि जडान गरिएको छ ।
टाटा पञ्चका सबै मोडेलमा ३६६ लिटरको बुट स्पेस र अगाडिको भागमा सामान राख्ने फ्रंक स्टोरेज समेत रहेको छ ।
यी कारहरूमा ९० डिग्री ओपनिङ डोर र प्यानोरामिक सनरुफ रहेको छ ।
यी कारहरूमा ६ वटा एयर ब्याग रहेका छन्, जसले कारमा सवार सबै यात्रुलाई न्यूनतम सुरक्षा प्रदान गर्नेछ भने ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा र ब्लाइन्ड स्पट मोनिटर समेत राखिएको छ । कारमा इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम जडान गरिएको छ भने हिल होल्ड कन्ट्रोल सिस्टम समेत समावेश छन् ।
त्यसै गरी कारमा टायर प्रेसर मोनिटरिङ सिस्टम जडान गरिएको छ भने यो कार भारत एनक्याप रेटिङमा फाइभ स्टार प्राप्त कार हो ।
तीन भेरियन्टमा उपलब्ध यी कारहरू मेडियम रेन्जलाई ३४ लाख ९९ हजार, लङ रेन्जलाई ३७ लाख ९९ हजार र लक्जरी रेन्जलाई ३९ लाख ९९ हजार रुपैयाँमा प्राप्त गर्न सकिन्छ ।
नाडा अटो शो मा यो कार बुकिङ गर्नेले भने विभिन्न सुविधा र आकर्षक छुटसमेत पाउनेछन् ।
नाडामा टाटाको अफर नै अफर
नाडा अटो शो अवधिभर टाटाका ईभी कार बुकिङ गर्नेले स्पेसल क्यास डिस्काउन्ट, तीन वर्षसम्म निःशुल्क सर्भिसिङ, एक वर्षको इन्सुरेन्स, एक वर्षको रोड ट्याक्स र आवश्यक एक्सेसरिज समेत निःशुल्क उपलब्ध गराउने छ । अझ महत्त्वपूर्ण त टाटाका सबै ईभीमा लाइफ टाइम फार्मवेयर अपडेट सुविधा पनि दिने बताइएको छ ।
ग्राहक सेवालाई चुस्त राख्नका लागि टाटाले नेपालभर १८५ भन्दा बढी स्थानमा फास्ट चार्जिङ स्टेसन र २ सय भन्दा बढी ईभी डेडिकेटेड वर्कसप सञ्चालनमा ल्याएको छ ।
ब्याट्री रिपेयर क्षमतासहितको सेवा नेपालमा टाटा मोटर्सको मात्रै रहेकाले ग्राहकको विश्वास जित्ने दाबी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया