काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले लिपुलेक र कालापानी क्षेत्र छिमेकी देशले प्रयोग गरिरहेको समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सांसद नेपालीले राष्ट्रिय स्वाभिमान र भू–भाग संरक्षणका लागि तत्काल आवश्यक पहल गर्न सरकारलाई चेतावनी दिएका हुन् ।
सांसद नेपालीले सरकारले संविधानको संरक्षणको सट्टा अपमान गर्दै आएको आरोप लगाउँदै जनताको जीवनस्तर सुधार, भ्रष्टाचार नियन्त्रण र मानव तस्करी रोक्नुपर्ने अवस्थामा सरकार उल्टै ती विषयलाई हल्का खेलको रूपमा लिएको टिप्पणी गरे । उनले मानव तस्करीजस्ता गम्भीर विषयमा ठूला दलहरू मौन रहने र भ्रष्टाचारका घटनालाई बेवास्ता गरेको बताए ।
उनले वैकल्पिक शक्तिहरू कमजोर पार्ने प्रयास भइरहेको र उपसभामुखमाथि अंकगणितीय खेल खेल्नु लोकतन्त्रको अपमान भएको आरोप समेत लगाए। सांसद नेपालीले भने, ‘लिपुलेक र कालापानीको भूभाग छिमेकी देशले प्रयोग गर्ने भनेर समाचारमा आएको छ। नेपालको भूभागको संरक्षण गर्न सरकारले यथाशिघ्र पहल गर्छ भन्ने विश्वास गरेका छौँ । तर सरकारले संविधानको अपमान गरेको छ ।’
सांसद नेपालीले भिजिट भिसा प्रकरणको निष्पक्ष छानविन नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया