काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय र विश्वविद्यालय कुनै पनि कारण देखाएर बन्द गर्न नपाइने प्रावधान विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने माग गरेकी छन् ।
बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यार्थीको मौलिक हकलाई कहिल्यै हनन गर्न नहुने भन्दै यस्तो व्यवस्था विधेयकमै स्पष्ट रूपमा लेखिनुपर्ने बताइन् ।
उनले भनिन्, ‘विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन । विद्यार्थीले पाउने मौलिक हकको हनन कसैले गर्न पाउँदैन, जुनसुकै कारण भए पनि ।
सांसद श्रेष्ठले शिक्षक हड्तालसम्बन्धी प्रावधान जस्तै निजी विद्यालय र विश्वविद्यालयका हकमा पनि बन्द गर्न नपाइने व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।
त्यस क्रममा उनले संविधानले तोकेको अनिवार्य निःशुल्क शिक्षा सबैले पाउनुपर्नेमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औँल्याइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया