शिक्षा विधेयकमा देशकै चासो छ, छिटो टुंग्याउनुपर्छ : सांसद हजारा

लोकपथ
329
Shares

काठमाडौं । नेकपा एमालेका सांसद प्रभु हजाराले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसद हजाराले उक्त विधेयक ५२ वर्षपछि समितिमा छलफलमा आएको उल्लेख गर्दै यसलाई घनिभूत छलफलमार्फत अन्तिम चरणसम्म ल्याइएको जानकारी दिए ।

उनले विधेयकप्रति सरोकारवालाको विशेष चासो रहेको बताउँदै देशकै नजर यसमा केन्द्रित भएकाले ढिला नगरी टुंग्याउनुपर्नेमा जोड दिए । ‘विद्यालय शिक्षा विधेयक ५२ वर्षपछि समितिमा आइसकेपछि हामीले घनिभूत छलफल गरेका छौँ । अहिले अन्तिम चरणमा पुगेका छौँ । देशकै नजर यसमा छ, त्यसैले छिटो टुंग्याउन जरुरी छ,’ सांसद हजाराको भनाइ थियो ।

विधेयकका प्रावधानसम्बन्धी सुझाव राख्दै उनले प्रारम्भिक बालविकास परिषद् २ देखि १२ कक्षा भनिए पनि १० कक्षा उपयुक्त हुने बताए । त्यस्तै, विद्यालय व्यवस्थापन समितिमा समावेशी मात्र नभई ‘दलित’ शब्द स्पष्ट उल्लेख गर्नुपर्नेमा उनले जोड दिए । साथै आवासीय छात्रवृत्तिको प्रावधानलाई पनि कार्यान्वयनयोग्य बनाउनुपर्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?