काठमाडौं । पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्ने भएका छन् ।
लामिछाने हाल सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका छन् ।
आज साँझ प्रचण्ड लामिछानेलाई भेट्न नख्खु कारागार जाने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
‘माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आज ६ बजे साँझ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ज्यूलाई भेट्न नख्खु कारागार जाँदै हुनुहुन्छ,’ प्रवक्ता झाले भनेका छन्।
रुपन्देही कारागारमा रहेका लामिछानेलाई अड्डा सार गरेर शनिबार नख्खु कारागार ल्याइएको थियो । केही दिनदेखि स्वास्थ्यमा समस्या आएपछि लामिछानेको उपचार समेत चलिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया