कांग्रेसलाई ठूलो आत्मविश्वास चाहिएको छ : गगन थापा

लोकपथ
210
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र ठूलो आत्मविश्वास आवश्यक रहेको बताएका छन् ।

बुधबार काठमाडौंमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले कांग्रेसलाई राष्ट्रिय शक्तिको रूपमा आत्मविश्वाससहित अघि बढ्नुपर्ने धारणा राखे ।

उनका अनुसार राष्ट्रिय पार्टी हुनु केवल चुनाव जित्ने वा हार्ने विषयसँग सम्बन्धित नभई राष्ट्रका चुनौतीलाई सम्बोधन गर्ने क्षमतासँग जोडिएको हुन्छ । ‘राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी हो,‘उनले भने, ‘चुनाव नलढ्दा पनि कांग्रेस राष्ट्रिय शक्ति हो ।’

थापाले अहिले देशमा चरम असन्तुष्टि रहेको उल्लेख गर्दै समाजलाई यसबाट बाहिर निकाल्न कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । त्यसका लागि आत्मविश्वास, शुद्धता र नीतिगत स्पष्टता अपरिहार्य रहेको उनको भनाइ थियो ।

सत्तामा पुग्नका लागि आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त हुने शक्ति दीर्घकालीन अर्थपूर्ण नहुने थापाले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?