काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सत्तापक्षमा बस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ ।
गत २२ असारदेखि प्रतिपक्षमा बस्दै आएको नाउपाले ४५ दिनपछि फेरि सत्तापक्षमा बस्ने जानकारी संसद् सचिवालयलाई दिएको हो ।
नाउपाका सांसद गंगाराम चौधरीले गत २२ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको र प्रतिपक्षीमा बस्ने भनेर निवेदन दिएका थिए । त्यही निवेदनपछि प्रतिपक्षमा बस्दै आएको नाउपाले फेरि सत्तापक्षमा बस्न निवेदन दिएको हो ।
नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले मंगलबार नै सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयलाई निवेदन दिएको संसद् सचिवालय स्रोतको भनाइ छ । यो विषयमा आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि छलफल भएको थियो ।
नाउपाबाट अरुण चौधरी संघीय सरकारमा राज्यमन्त्री छन् । उनले असार तेस्रो साता नै राजीनामा दिएको बताएका थिए । चौधरी त्यस दिनदेखि मन्त्रालय र संसद् दुवै ठाउँमा गएका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया