काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘ फ्री लाइफ टाइम चार्जिङ’ योजना सार्वजनिक गरेको छ ।
मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन समारोहपछि कम्पनीले उक्त स्कीम सार्वजनिक गरेको हो ।
जसअनुसार अन्तर्गत नाडा अटो शोमा ग्राहकले टाटाका कुनै पनि ईभी बुकिङ गर्दा लाइफ टाइम चार्जिङ सुविधा पाउने छन् । अर्थात् लाइफ टाइम टाटाका ईभी चार्ज गरेको पैसा तिर्नु पर्नेछैन ।
त्यसो त हाल नेपालको प्रतिष्पर्धी ईभी बजारमा टाटाले नेक्सन, टियागो, पन्च र कर्भ ईभी उपलब्ध गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया