काठमाडौं । आजबाट सुरु भएको नाडा अटो शोमा हिरोको नयाँ स्कुटर सार्वजनिक भएको छ ।
नाडा अटो शो २०२५ मा हिरोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सीजी मोटर्सले जुम १२५ सार्वजनिक गरेको हो ।
आजबाट बजारमा आएको उक्त स्पोर्टी स्कुटरको मूल्य ३ लाख ९ हजार ९०० रुपैयाँ तोकिएको छ ।
अटो शो अवलोकनका लागि भृकुटीमण्डप पुगेकी महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’ले उद्घाटन गरेकी हुन् ।
हिरो जुम १२५ ले १२५ सीसी सेग्मेन्टका एनटर्क, रेजेडआर तथा डिओ १२५ सँग प्रतिस्पर्धा गर्ने कम्पनीको दाबी रहेको छ ।
हिरो जुम १२५ मा १२४.६ सीसी क्षमताको सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन उपलब्ध छ । यो इन्जिनले अधिकतम ९.८ ब्रेकहर्स पावर र १०.४ एनएमको टर्क जेनेरेट गर्छ । यो स्कुटरले ०–६० मात्र ७.६ सेकेण्डमा भेट्छ ।
हिरो जुम १२५ मा सबै एलईडी लाइटको प्रयोग गरिएको छ भने सेग्मेन्टमै पहिलो १४ इन्चको अलोय ह्वीलको प्रयोग गरिएको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेकको प्रयोग गरिएको जनाइएको छ ।
कम्पनीले यसमा स्मार्ट कनेक्ट फिचरका साथै डिजिटल स्पीडोमिटर दिएको छ । यसको अगाडी टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन दिएको छ ।
स्कुटरको पारखीहरुका लागि लङ ड्राइभका लागि समेत उपयुक्त हुने गरी उक्त नयाँ स्कुटर उपयोगी हुने बताइएको छ ।
त्यस्तै साम्बाले हिरोको सुपर एक्स्प्लेन्डरको नयाँ भेरियन्ट समेत सार्वजनिक गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया