सांसदहरुको हस्ताक्षर दलले दुरुपयोग गर्दैन : सचिव भट्टराई

लोकपथ
770
Shares

काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सांसदहरूको हस्ताक्षर राजनीतिक दलहरूले दुरुपयोग नगर्ने स्पष्ट पारेका छन् ।

मंगलबार सिंहदरबारमा हस्ताक्षर गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बेला–बेला दलहरूले आफ्ना सांसदहरूको हस्ताक्षर लिने प्रचलन पुरानै भएको बताए ।

‘पार्टीको संसदीय दलमा बेलाबेला माननीयज्यूहरूको हस्ताक्षर लिइराख्छौँ । आपतविपद्को काममा प्रयोग हुन्छ । दलले हस्ताक्षर दुरुपयोग गर्दैन,’ भट्टराईले भने, ‘यो २०४८ सालदेखि नै चलेको चलन हो । आफ्नै दलले आफ्नै माननीयहरूको हस्ताक्षर लिइरहेको हुन्छ ।’

कांग्रेस र एमालेले सल्लाह गरेर हस्ताक्षर गरेको भन्ने अनुमानलाई अस्वीकार गर्दै उनले एउटै दिनमा हस्ताक्षर पर्नु संयोग मात्रै भएको स्पष्ट पारे । उनले हस्ताक्षर महाअभियोग, सरकार परिवर्तनलगायत महत्वपूर्ण प्रक्रियामा प्रयोग हुने बताए ।

सचिव भट्टराईले भदौभर संसद् सञ्चालन हुने जानकारी पनि दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?