‘नाडा अटो शो’मा आकर्षणको केन्द्र बन्यो ‘उड्ने कार’

लोकपथ
371
Shares

काठमाडौं । आज (मंगलबार) बाट सुरु भएको नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा) अटो शोमा उड्ने कारको नामले परिचित सवारी आकर्षणको केन्द्र बनेको छ ।

भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शोमा दिपलले बजारमा ल्याएको उड्ने कारको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका हुन् ।

एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरी नेपालमा नयाँ युगको मोबिलिटीको सुरुवात भएको सन्देश दिँदै इभिटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ एन्ड ल्यान्डिंग) लाई नाडा अटो सोमा प्रदर्शनीमा राखेको हो ।

उक्त सवारी नाडा अटो शोको आकर्षण बनेको हो । उद्घाटनपछि प्रधानमन्त्री ओलीले त्यसको अवलोकन समेत गरेका थिए । साथै एमएडब्लु वृद्धिले नेपालमै पहिलो पटक मानव आकारको ह्युमनोइड रोबोट पनि प्रदर्शनीमा राखेको छ ।

जसले आगन्तुनसँग प्रत्यक्ष संवाद गर्दै मानिसको जस्तो गतिविधि गरेको छ । प्रधानमन्त्री ओलीले दुवै वस्तुको अवलोकन गरेका हुन् ।

हरेक वर्ष हुने नाडा अटो शो मा आगन्तुकहरुको भीड लाग्ने गरेको थियो । यसवर्ष पनि पहिलो दिनमा नै भीड लागेको छ । साथै आगन्तुकहरुको आकर्षणको केन्द्र उही उड्ने कार बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?