जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित हुँदैन : सभामुख घिमिरे

लोकपथ
42
Shares

काठमाडौं । सभामुख देवराज घिमिरेले जलवायु परिवर्तनको समस्या राजनीतिक सीमामा सीमित नरहने बताएका छन् । 

हिन्दुकुश हिमालय संसदीय सम्मेलनको समापन सत्रमा बोल्दै उनले भने, ‘कुनै एक देशले मात्र यो समस्या समाधान गर्न सक्दैन, त्यसैले साझा प्रयास आवश्यक छ ।’

उनले जलवायु परिवर्तनसँग सम्बन्धित काम मुख्यतः सरकारको जिम्मेवारी भए पनि संसद्को हैसियतमा धेरै योगदान गर्न सकिने बताए । सांसदहरूले वैज्ञानिक नभए पनि बजेट पारित गर्न, इन्जिनियर नभए पनि इकोसिस्टम निर्माण र कार्बन उत्सर्जन नियमन गर्ने कानुनको डिजाइन गर्न सक्ने सभामुख घिमिरेको भनाइ थियो ।

सभामुख घिमिरेले सांसदहरूले किसान, मछुवार र अन्य पीडित समुदायका लागि आवाज उठाउन, जनचेतना बढाउन, विषाक्त वायुमा सास फेर्न बाध्य बालबालिका र पानीको लागि कठिनाइ भोग्ने मानिसहरूको पीडा कम गर्न सक्ने बताए ।

उनीसँगै उनले वन, जंगल र हिमताल जोगाउने कानुन पारित गर्न पनि संसदमा आह्वान गरे । सभामुख घिमिरेले स्पष्ट पारे, ‘यो हामीले गर्नैपर्ने काम हो। सरकारलाई आवश्यक काम गर्न बाध्य बनाउन हामी सांसदहरूको भूमिका महत्वपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?