काठमाडौं। नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सरकारका कदमहरू सुशासनका विरुद्ध रहेको बताएकी छन् ।
जनकपुरमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार भ्रष्टाचारजन्य, आफ्ना प्रतिद्वन्दीमाथि प्रतिशोध साँध्ने तथा जनविरोधी कानुन ल्याउने दिशामा लागेको आरोप लगाइन् ।
भुसालले सरकारले भूमिसम्बन्धी विधेयक ल्याएको, संघीय निजामती ऐनमा ‘कुलिङ अफ द पिरियड’ सम्बन्धी संशोधनमार्फत ढिलाइ गरिरहेको, र शिक्षा विधेयक पनि अड्काएको जानकारी दिइन् ।
उनले संविधानको मूल मर्मअनुसार कानुन बनाउने, कार्यान्वयन गर्ने तथा समावेशी संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने दिशामा सरकारको ध्यान नरहेको उल्लेख गरिन् ।
त्यसैगरी, माओवादी पार्टीले विचार र कार्यदिशा मिल्ने अन्य दलहरूसँग एकता गर्न वार्ता गरिरहेको छ । भुसालका अनुसार एकीकृत समाजवादी, नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महेन्द्र यादव नेतृत्वको नेपाल समाजवादी पार्टीसँग पार्टी एकताको लागि वार्ता भइरहेको छ, र प्रक्रिया सकारात्मक रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया