भदौमा थप घट्यो बैंकहरुको ब्याजदर [सूचीसहित]

लोकपथ
357
Shares

काठमाडौं । पछिल्ला महिना निरन्तर घट्दै गइरहेको वाणिज्य बैंकहरुको ब्याजदर भदौ महिनाका लागि पनि थप घटेको छ ।

२० वटा वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर सूचीअनुसार साउनको तुलनामा भदौमा वाणिज्य बैङ्कहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेको छ ।

साउन महिनाका लागि व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर ५.६८ प्रतिशत रहेको थियो । भदौ महिनाको लागि घटेर ५.५७ प्रतिशतमा कायम भएको छ ।

यस्तै, साउनको तुलनामा भदौमा कृषि विकास, एभरेस्ट, लक्ष्मी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, कुमारी, सानिमा र नेपाल एसबीआईसहित ८ बैकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य, नबिल, एनआईसी एसिया, सिटिजन्स, एनएमबी, नेपाल इन्भेस्टमेन्ट मेगा, हिमालयन, प्राइम कमर्सियल माछापुच्छ्रे र नेपाल बैंकले ब्याजदर स्थिर राखेका छ । प्रभु बैंकले ब्याजदर वृद्धि गरेको छ । 

यसअघि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत नीतिगत दरलाई घटाएर ब्याजदर घटाउन दबाब दिएपछि साउनमा पनि बैंकहरुले ब्याजदर घटाएका थिए । हाल नीतिगत दर ४.५ प्रतिशत छ । त्यस्तै स्थायी तरलता सुविधा दर ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर २.७५ प्रतिशत छ ।

व्यक्तिगत मुद्दतीमा बैंकहरूले तोकेको अधिकतम ब्याजदर  (प्रतिशत)

बैंकसाउनको ब्याजदरभदौको ब्याजदर
कृषि विकास५.४५.२
एभरेस्ट६.२५५.७५
नेपाल५.४५.४
लक्ष्मी सनराइज५.५
माछापुच्छ्रे
एनआईसी एसिया६.२५६.२५
प्रभु४.२५५.३५
स्टान्डर्ड चार्टड६.२६५.१३
राष्ट्रिय वाणिज्य५.५५.५
नबिल५.५५.५
ग्लोबल आईएमई
सिद्धार्थ५.७५५.५
प्राइम कमर्सियल
कुमारी५.४१५.२१
सानिमा६.१८५.७५
हिमालयन
नेपाल एसबीआई५.३५५.२५
इन्भेस्टमेन्ट मेगा५.२५५.२५
एनएमबी
सिटिजन्स५.५५.५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?