प्रचण्डले किन बोलाए पदाधिकारी बैठक ?

लोकपथ
602
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । उपमहासचिव मातृका यादवका अनुसार बैठक आगामी भदौ ३ गते बिहान ११ बजे बस्नेछ ।

बैठकमा स्थगित गरिएको मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियानको कार्यतालिका, पार्टी एकता, नेताहरूको कार्यविभाजन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ ।

यद्यपि बैठक अध्यक्ष प्रचण्डको निवास खुमलटारमा हुने वा केन्द्रीय कार्यालय पेरिसडाँडामा भन्ने विषय भने अहिलेसम्म टुंगो लागेको छैन ।

यसअघि साउन १९ गते सम्पन्न स्थायी समिति बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो । त्यसैअनुसार भदौ १५ गतेबाट स्थगित जागरण अभियान सुरु गर्ने निर्णय भएको हो ।

नेताहरूका अनुसार यसपटकको बैठकले पार्टी केन्द्रीय समितिको बैठकको मिति पनि तय गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?