बढ्यो वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी, कुनको कति ?

लोकपथ
182
Shares

काठमाडौं । वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी (इपिएस) बढेको पाइएको छ ।

नाफामा उल्लेख्य सुधार गरेका वाणिज्य बैंकहरुको प्रतिशेयर आम्दानी अर्थात अर्निङ पर शेयर (इपिएस) पनि बढेको पाइएको हो ।

अहिले बैंकहरुको औसत इपिएस १९.४३ रुपैयाँ छ । जबकी, अघिल्लो वर्षमा यस्तो आम्दानी १४.२४ रुपैयाँ रहेको थियो । एक वर्षमा औसत इपिएस ५.१९ रुपैयाँ बढेको तथ्यांकले देखाएको छ ।

यता अधिकांश बैंकहरुको यस्तो आम्दानी बढाएका छन् ।

जसमा एभरेष्ट बैंक समेत रहेको छ । लाभांश क्षमता उच्च रहेको एभरेष्ट बैंकको प्रतिशेयर आम्दानी ३७.९९ रुपैयाँ रहेको छ, साथै अघिल्लो वर्षको तुलनामा ६.५२ रुपैयाँ बढी रहेको बताइएको छ ।

त्यस्तै दोस्रोमा स्ट्याण्डर्ड चार्टर्ड रहेको छ । जसको प्रतिशेयर आम्दानी ३०.१७ रुपैयाँ भए पनि अघिल्लो वर्षको तुलानामा ४.५६ रुपैयाँ कम हो ।

यता सरकारको लगानी भएको कृषि विकास बैंकको २७.६३ रुपैयाँ, नबिलको २६.३४ रुपैयाँ, नेपाल बैंकको २५.६८ रुपैयाँ, राष्ट्रिय वाणिज्यको २४.४१ रुपैयाँ, सिद्धार्थको २४.१० रुपैयाँ, प्रभूको २३।१२ रुपैयाँ र प्राइम कमर्सियलको २०.७४ रुपैयाँ रहेको तथ्यांकले देखाएकको छ ।

यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १९.८ रुपैयाँ, सानिमाको १८.९३ रुपैयाँ, एनएमबिको १७.८७, माछापुच्छ्रेको १७.३१, लक्ष्मी सनराइजको १६.९१, नेपाल एसबिआईको १६.५४, ग्लोबल आइएमईको १६.२८ रुपैयाँ छ ।

माथि उल्लेख गरिएका बाहेक पनि विभिन्न १० बैंकको इपिएस ४ रुपैयाँ भन्दा कम रहेको पाइएको छ । जसमा सिटिजन बैंक, कुमारी बैंक, हिमालयन बैंक र एनआइसी एशिया बैंक रहेका छन् ।

तथ्यांक अनुसार कुमारी बैंकको इपीएस ८.०७ रुपैयाँ, हिमालयन बैंकको इपियस ६.९८ रुपैयाँ, सिटिजन बैंकको इपिएस ८।७६ रुपैयाँ र एनआइसी एशिया बैंकको १.०८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?