काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी, नेपालबिच कार्यगत एकता भएको छ । दुवै दलले यो एकतालाई एकता उन्मुख कार्यगत एकता का रूपमा व्याख्या गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा जसपा अध्यक्ष अशोक राई र राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले एकताको घोषणा गर्दै घोषणापत्रमा हस्ताक्षर गरेका हुन् । राई उपेन्द्र यादव नेतृत्वको जसपाबाट अलग भएका थिए भने महतो लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट अलग भएका हुन् ।
घोषणापत्रमा संगठनात्मक संरचना, सञ्चालन विधि, उद्देश्य र प्रतिबद्धता, आचारसंहिता लगायतका विषय समावेश छन् । केन्द्रीय तहमा संयोजन समिति रहने व्यवस्था गरिएको छ, जसमा दुवै पार्टीका अध्यक्षसहित ७–७ सदस्य रहनेछन् । समितिमा कम्तीमा २ जना महिला अनिवार्य रहने व्यवस्था छ ।
प्रदेशमा ५–५ सदस्यीय र स्थानीय तहमा ३–३ सदस्यीय संयोजन समिति गठन गरिने उल्लेख छ । बैठकको अध्यक्षता दुवै पक्षले पालैपालो गर्ने प्रावधान पनि घोषणापत्रमा समावेश गरिएको छ ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया