चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

लोकपथ
1.3k
Shares

काठमाडौं । गुन्डा नाइके चक्रे मिलनलाई अदालतले ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । चक्रे मिलनका नामले परिचित मिलन गुरुङलाई अदालतले ३० हजार धरौटी लिई रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले गुरुङसँग ३० हजार धरौटी माग गरेका हुन् । जिल्ला प्रहरी परिसरको प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गुरुङ लगायतका प्रतिवादीलाई अभद्र व्यवहारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

गुण्डागर्दी गरेको भन्दै गत साउन १५ गते होटेल साम्बलाबाट चक्रे मिलन सहित उनका समूहका १९ सदस्य पक्राउ परेका थिए । उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भई अदालतमा दुई दिन बयान लिइएको थियो ।

बयान सकिएपछि बुधबार भएको थुनछेक बहपछि अदालतले सबै प्रतिवादीसँग धरौट माग गरी धरौट बुझाएपछि रिहा गर्न आदेश दिएको हो ।

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार अदालतले चक्रे मिलन भन्ने मिलन गुरुङ र राजेश भन्ने रोजेश खड्कासँग जनही ३० हजार रुपैयाँ धरौट माग गरेको छ ।

त्यसै गरी रितिक लामा, गणेश बहादुर बोगटी र डिल्लीराज कँडेलसँग जनही २० हजार रुपैयाँ धरौट माग गरिएको छ ।
अन्य प्रतिवादीहरू जीत बहादुर लामा, चन्द्रदेव कार्की, प्रकाश गोले, आमिर आलेमगर, उत्तम महर्जन, प्रनिश कँडेल, राजु परियारसँग जनही १० हजार माग गरिएको छ ।

त्यसै गरी रोशन सुवेदी, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, सुजल शाही र निराजन पौडेलसँग समेत जनही १० हजार रुपैयाँ धरौटी माग गरिएको छ ।

उनीहरुविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा एक वर्ष कैद र १० हजार जरिवाना माग गर्दै मुद्दा दायर भएको थियो ।

को सँग कति धरौट माग ?
१. चर्के मिलन भन्ने मिलन गुरुङ –३० हजार
२. राजेश भन्ने रोजेश खड्का –३० हजार
३. रितिक लामा –२० हजार
४. गणेश बहादुर बोगटी –२० हजार
५. आमिर आलेमगर –१० हजार
६. उत्तम महर्जन –१० हजार
७. प्रनिश कँडेल –१० हजार
८. राजु परियार –१० हजार
९. चन्द्र देव कार्की –१० हजार
१०. प्रकाश गोले –१० हजार
११. रोशन सुवेदी –१० हजार
१२. सन्दीप केसी –१० हजार
१३. राहुल खड्का –१० हजार
१४. यामु पौडेल –१० हजार
१५. सौरभ सुनार –१० हजार
१६. डिल्लीराज कँडेल –२० हजार
१७. जीत बहादुर लामा –१० हजार
१८. सफल भन्ने सुजल शाही –१० हजार
१९. निराजन पौडेल –१० हजार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?