लोडसेडिङको हल्ला निरर्थक : मन्त्री खड्का

लोकपथ
42
Shares

 काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकमा लोडसेडिङ भइरहेको भनी फैलाइएको हल्ला निरर्थक भएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूको मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले मुलुकका केही क्षेत्रबाहेक देशभर विद्युत् आपूर्ति सहज रूपमा भइरहेको जानकारी दिए । उनले विद्युत् विस्तार र आपूर्ति कार्यलाई सरकारले तीव्रताका साथ अगाडि बढाइरहेको उल्लेख गरे ।

उनका अनुसार हाल १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात र १२ अर्ब ९२ करोड बराबरको आयात भइरहेको छ । यस आधारमा सरकारले करिब ५ अर्ब रुपैयाँ बराबरको मुनाफा लिइरहेको उनको भनाइ छ ।

मन्त्री खड्काले भने, ‘देशभरिको कुरा गर्दा केही क्षेत्रमा मात्र विद्युत् पुर्‍याउन बाँकी छ। ती स्थानहरूमा पनि आपूर्ति गरिरहेको छौँ । सुधारलाई तीव्रताका साथ अगाडि बढाएका छौँ र उत्पादनलाई निरन्तरता दिएका छौँ, त्यसैले लोडसेडिङको कुरा निरर्थक हो ।’

उनका अनुसार वैकल्पिक उर्जा विकासमा समेत सरकार सक्रिय रूपमा लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?