कोशी प्रदेश विधेयकमा थारु भाषा बहिष्कारप्रति सांसद चौधरीको आपत्ति

लोकपथ
63
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले कोशी प्रदेश सरकारले ल्याएको सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकमा थारु भाषा समावेश नगरेकोप्रति आपत्ति जनाएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै चौधरीले २०८२ साल कात्तिक २५ गतेदेखि लागू हुनेगरी ल्याइएको उक्त विधेयकमा नेपालीसँगै केवल मैथिली र लिम्बु भाषा समावेश गरिएको भन्दै थारु भाषा बहिष्कार गर्नु संघीयताको मर्मविपरीत भएको आरोप लगाए ।

उनका अनुसार कोशी प्रदेशका ४ दशमलव २२ प्रतिशत नागरिकको मातृभाषा रहेको थारु भाषालाई उपेक्षा गर्नु आदिवासी भाषा र संस्कृतिमाथिको ‘निर्मम प्रहार’ हो । उनले भने, ‘यो निर्णयको म घोर भर्त्सना गर्दछु र सभामुखमार्फत कोशी प्रदेश सरकारसँग थारु भाषालाई पनि सरकारी कामकाजको भाषामा तत्काल समावेश गर्न जोडदार माग गर्दछु ।’

त्यस क्रममा चौधरीले सरकारले ‘सहकारी ठग’ गितेन्द्रबाबु राईलाई कहाँ लुकाएको हो ? भन्दै सदनमा प्रश्न समेत उठाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?