मलखादको समस्या सधैँका लागि समाधान गर्नेतर्फ सरकार अघि बढेको छ : मन्त्री अधिकारी

लोकपथ
322
Shares
फाइल तस्बिर

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले रासायनिक मलको समस्या सधैँका लागि समाधान गर्न सरकार सक्रिय भएको बताएका छन् । 

प्रधानमन्त्रीसँग भएको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले रासायनिक मलको अभाव सम्बन्धी केही समस्या आएको भए पनि त्यसलाई समाधान गर्ने विषयमा गम्भीर छलफल भइरहेको जानकारी दिए ।

अधिकारीका अनुसार, प्रधानमन्त्रीले मलखादको समस्याबारे चासो देखाउँदै तीन दिनभित्र फेरि छलफल गरी स्थायी समाधानका उपायहरू निकाल्ने निर्देशन दिएका छन्  । ‘मलको समस्या ठुलो नभए पनि यसलाई दीर्घकालीन रूपमा कसरी समाधान गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,उनले भने ।

मन्त्री अधिकारीले मधेस प्रदेशमा ८० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको र आगामी दिनमा मलखादको अभाव नहोस् भनी सरकारले तत्परता देखाइरहेको पनि जानकारी दिएका छन् । सरकारले रासायनिक मलको प्रभावकारी व्यवस्थापन गरी कृषकलाई सहज पहुँच सुनिश्चित गर्ने दिशामा काम गरिरहेको छ ।

सरकारको यो पहलले आगामी कृषि सिजनमा मलखादको समस्या न्यूनीकरण हुँदै कृषिको उत्पादन वृद्धि गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?