काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल अभावको समस्या समाधान गर्न कृषिमन्त्रीसहित सम्बन्धित अधिकारीहरूसँग छलफल गर्न लागेका छन् ।
आज दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारी, मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र कृषि सामग्री कम्पनी लिमिटेडका पदाधिकारीहरूसँग प्रधानमन्त्री ओलीले छलफल गर्न लागेका हुन् ।
किसानहरूले मलको उपलब्धता नपाएको गुनासो गरेपछि प्रधानमन्त्री ओलीले यसलाई उच्च प्राथमिकतामा राखेका छन् । उनले मलको सहज आपूर्तिका लागि नेपालमै रासायनिक मल उत्पादन कारखाना स्थापना गर्न र प्राङ्गारिक मलको उत्पादन तथा प्रयोग बढाउने योजना अघि बढाउन निर्देशन दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया